ज्योति लाईफद्वारा बीमा योजना सम्बन्धी भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 01:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई बीमा योजना सम्बन्धी सरल र विस्तृत जानकारीको लागि नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक भिडियो सार्वजनिक गरेको हो ।

ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका विशेषता तथा यस्ले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको जनाइएको छ । नेपालमै सर्वाधिक ३५ वटाघातक रोग विरुद्ध ५० लाख सम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथ फरक पहिचान बनाएको यस कम्पनीले गरेको उक्त नयाँ प्रयोगले जनतालाईयोजनाका महत्व सम्बन्धी सम्पूर्ण जानकरी प्रष्टगराउने विश्वास लिएको जनाइएको छ । 

यस किसिमको भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकरी प्राप्त गर्ने हुदाँ, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्नेकुरामा कम्पनी विश्वस्त रहेको कम्पनीले जनाएको छ । उक्त भिडियो कम्पनीको आधिकारीक फेसबुक पेजमा राखिएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved