बार्षिकोत्सवमा अजोडको रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 05:37:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड ईन्स्योरेन्सले आफ्नो दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाएको जनाएको छ । 

उक्त कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेको जनाइएको छ ।

कम्पनीले चालु आर्थिक बर्षकोे २०७७।०३।२१ गते सम्म ८९ हजार ७५८ बीमालेख जारी गरी ८१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ । कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि बनाउने उद्येश्यले कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्बन गरि २ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको जनाइएको छ । कम्पनीले डिजीटल ईन्स्योरेन्सका साथै डिजीटल प्रविधिबाट बीमा शुल्क भुक्तानीका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरु सँग सम्झौता गरी कार्य आरम्भ गरेको जनाएको छ ।

कम्पनीले संचालनमा आएको २ बर्षमै ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा, १६ वटा उपशाखा गरि जम्मा ४२ वटा कार्यालयहरु सञ्चालनमा त्याएको छ । त्यस्तै ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा दिदै आइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved