नेपाल लाइफलाई 'अव्वल' बनाएर विदा भए सीइओ झा, कामू सीईओको जिम्मेवारीमा प्रसाईं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 10:28:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited  का प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा कार्यकाल पुरा गरि बाहिरिएका छन् । करिब एक दशक कम्पनीमा  सेवा गरी उनी आज साउन १  गतेबाट विदा भएका हुन्  ।   

झाले नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका हुन् । उनको कार्यकालमा कम्पनीले  एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको थियो ।

झाले हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरेका छन् । यसका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको झाले बताएका छन् ।  

यस सँगै कम्पनीले हाल डेपुटी सीईओ रहेका सन्तोष प्रसाईंलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved