सगरमाथा इन्स्योरेन्सले मनायो २५ औँ वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 06:58:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited  ले आफ्नो २५ औँ  वार्षिक उत्सव मनाएको छ । कम्पनीले देशभर छरिएर रहेको आफ्नो ७३ वटा शाखामा एकसाथ केक काटेर वार्षिक उत्सव मनाएको हो । 

त्यस्तै कम्पनीले आफ्नो केन्द्रीय कार्यालयमा रक्तदान कार्याक्रम आयोजना गरेको र ४९ जनाले रक्तदान गरेको गरेको जनाएको छ । यसका साथै कम्पनीले वार्षिक उत्सवको अवसरमा सवै शाखाबाट सामाजिम उत्तरदायित्व तथा बीमा जनचेतनाका विभिध कार्याक्रम सञ्चालन गरेको जनाएको छ । 

कम्पनीको चुक्तपुँजी हाल एक अर्ब १२ लाख २२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीले गत आर्थिक वर्ष २०७६।०७७ मा एक लाख ९४ हजार १७४ बीमालेख विक्री गरी दुइ अर्ब १९ करोड ४७ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क संक्लन गरेको जनाएको छ । गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब दुइ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ । 

कम्पनीबाट उपलब्धहुने बीमालेखहरुलाई क्रमश डिजिटलाइज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष रहेको कम्पनीका प्रमुख कार्याकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved