

जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष आर्जन गरेको प्रथम बीमा शुल्क सार्वजनिक गरेका छन्। उनीहरुले गत आर्थिक बर्ष ३३ अर्ब ८० करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको नियामक बीमा समितिले जनाएको छ।
जसमध्ये २० बर्ष पुरानो जिवन बीमा कम्पनी नेपाल लाइफले १० अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा कम नयाँ जीवन बीमा कम्पनी सानिमा लाइफले ५५ करोड आर्जन गरेको छ।
एक आर्थिक बर्षको प्रथम बीमाशुल्कबाट कम्पनीको मूल्यांकन हुन्छ। प्रथम बीमा शुल्कले सम्बन्धित कम्पनीले त्यस आर्थिक बर्ष कति ब्यापार गर्यो भन्ने जानकारी दिने भएकाले लगानी तथा अन्य निर्णयका लागि यस तथ्यांकलाई महत्त्वपूर्ण मानिन्छ।
कुल बीमा शुल्कबाट प्राप्त हुने आम्दानिमा नबिकरण शुल्कको मात्रा बढी हुने भएकाले यसले कम्पनीले एक आर्थिक बर्षमा कति कमायो भन्ने स्पष्ट तस्विर देखाउदैन। जसले गर्दा सम्बन्धित कम्पनीले एक आर्थिक बर्षमा कति कारोबार गर्यो भन्ने वास्तविक अवस्था थाहा नहुँदा यसका आधारमा लिईने लगानी निर्णय हितकार नहुने बीमाविदहरुको भनाई छ।
पुरानो कम्पनीको कुल प्रिमियमबाट प्राप्त हुने आम्दानी धेरै हुने र नयाँ कम्पनीको कम हुने अवस्था आउने भएकाले एक आर्थिक बर्षको प्रथम बीमा शुल्कलाई आधार लिनुपर्ने उनीहरुको भनाई छ।