पुनर्बिमा कम्पनीको नाफा ९१ करोड ६९ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 08:51:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष (७६/७७) को तेस्रो त्रैमासमा नेपाल पुनर्बिमा कम्पनीले ९१ करोड ६९ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २.७८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ७५/७६ को सोहि अवधिमा कम्पनीले ८९ करोड १३ लाख खुद कमाएको थियो ।

कम्पनीको नाफा मध्ये ९ करोड १० लाख जीवन बीमा व्यबसायबाट र बाँकि ८२ करोड ५० लाख निर्जीवन बीमा व्यबसायबाट आएको हो । यस अवधिमा कम्पनीको प्रिमियम ३९.२१ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको प्रिमियम संकलन ३ अर्ब ५४ करोड थियो ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रहेको छ भने रिजर्भमा ३ अर्ब ३१ करोड रहेको छ। कम्पनीको इन्स्योरेन्स फण्ड १ अर्ब ४७ करोड रहेको छ ।

कम्पनीले हालै मात्र १ अर्ब ६० करोडको आईपिओ निष्काशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved