अब कोरोना बीमा गर्दा ५० प्रतिशत छुट, सरकारी कर्मचारीलाई निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 11:33:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा हुने भएको छ । बीमा समितिले कोरोना भाइरस बीमामा छुट दिने कार्यविधि लागु गरेसँगै सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा हुने भएको हो । 

कार्यविधि अर्थमन्त्रालयबाट स्वीकृत भएसँगै आजबाट लागु गरिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।  कार्यविधि लागु भएसँगै सर्वसाधारणहरुले पनि कोरोना बीमा गर्दा ५० प्रतिशत छुट पाउने छन् । ५० प्रतिशत रकम सरकारले अनुदान दिने भएपछि सर्बसाधारणले अहिलेकोको भन्दा आधा रकम मै कोरोना बीमा गर्न सक्ने भएका हुन् । 

सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० प्रतिशत अनुदानमा सर्वसाधारणका लागि कोरोना बीमा गर्ने घोषणा गरेको थियो ।  साथै, निजामती कर्मचारीलाई सरकारी अनुदानमा कोरोना भाइरस सम्बन्धी बीमा निशुल्क गर्ने घोषणा गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved