कोरोना बीमा गरेपछि कसरी लिने अनुदान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 05:38:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना बीमा गर्दाको रकम अनुदान पाइने ब्यबस्था कार्यन्वयन गरेको छ ।  चालु आर्थिक वर्षको बजेटमा भएको ब्यबस्था अनुसार समितिले मापदण्ड बनाई आजबाट अनुदान सम्बन्धी ब्यबस्था लागु गरेको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा सर्वसाधारणले ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने र निजामती कर्मचारीको कोरोना शत प्रतिशत अनुदानमा गर्ने घोषणा गरेको थियो । बीमा समितिले सोही व्यवस्थालाई कार्यविधि बनाई लागु गरेको हो  । 

कसरी अनुदान लिने ? 

बीमा समितिले पहिले कोरोना बीमा गरेर त्यसपछि मात्र अनुदानको लागि प्रक्रिया चाल्नु पर्न  ब्यबस्था गरेको छ । जस अनुसार कोरोना बीमाको रकम अनुदान पाउँनको लागि समितिले विभिन्न शर्त तोकेको छ । जसमा भारत लगायत अन्य देशबाट नेपाल आएका नागरिकले  १५ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बसेको हुनुपर्ने छ । त्यस्तै थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने समितिले जनाएको छ । 

त्यस्तै, सामूहिक कोरोना बीमाका लागि एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणा सहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था समेत समितिले गरेको छ । अनुदान प्राप्त गर्नका लागि कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिए बमोजिमका जोखिमाङ्कन व्यवस्था सम्बन्धी सम्पुर्ण प्रक्रिया तथा मापदण्ड पुरा भएको पर्ने छ । 

प्रक्रिया र मापदण्ड पुरा गरेको र स्थानीय तहले सिफारिस गरेपछि मात्र बिमितले अनुदान वापतको रकम फिर्ता पाउने छन् । इजाजतपत्र प्राप्त २० वटै निर्जीवन बीमा कम्पनीमध्ये जुनसुकै कम्पनीमा कोरोना बीमा गर्न सकिने छ । 

दावीसम्बन्धी व्यवस्था 

कोरोना बीमालेख खरिद गरेको १५ दिनपश्चात र नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्र्तगतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएमा दावी भुक्तानी पाईने व्यवस्था रहेको छ । बीमितले दावीको लागि दिएको ७ दिनभित्र बीमितलाई दावी भुक्तानी गर्नु पर्ने छ  । यदि दावी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाईएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved