स्वास्थ्य बीमामा सहभागी हुनेको संख्या २९ लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 12:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सञ्चालनमा ल्याएको स्वाथ्य बीमा कमार्यक्रममा २९ लाख बढी  नागरिक सहभागी भएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार आज बिहिबारसम्ममा  २९ लाख ५६ हजार ५ सय २८ जना सहभागी भएका छन् ।

सहभागी हुनेहरुमध्ये सबैभन्दा धेरै झापा जिल्लाका नागरिक रहेका छन् । उक्त जिल्लाका तीन लाख ४० हजार १२४ जना यस कार्यक्रममा सहभागी भएका छन् ।त्यस्तै, झापापछि चितवनका दुई लाख ६१ हजार २९३ जना यस कार्यक्रममा सहभागी भएका छन् । यसैगरी, सुनसरीका दुई लाख ३३ हजार ११५ जना , पाल्पाका एक लाख ७३ हजार २०४ जना सहभागी भएका छन्।

सबैभन्दा कम डोल्पाका १९ सय ७० जना र दैलेखका दुई हजार ५१ जना सहभागी भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved