आर्थिक वर्ष ७६/७७ मा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ४८.४५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ९२ लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ३३ लाख नाफा कमाएको हो ।
यस अवधिमा कम्पनीले १ अर्ब ३६ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७३ करोड ११ लाख प्रिमियम संकलन गरेको थियो । त्यस्तै कम्पनीको इन्स्योरेन्स फण्डमा १ अर्ब १४ करोड रहेको छ । यस अवधिमा कम्पनीले १७ हजार ८ सय ८९ वटा बीमा पोलिसी बिक्रि गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ भने कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता आईपिओ निष्काशनको अनुमति पाएको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड पुग्ने छ ।
कम्पनीको नेट वर्थ ११०.८३ रुपैयाँ रहेको छ ।