महालक्ष्मी लाइफले आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 02:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्ने भएको छ । कोरोनाबाट आफ्ना कर्मचारीहरुलाई सुरक्षित राख्न प्रधान कार्यालयमा साउन २९ गतेबाट जोर बिजोर अनुसार ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिएका छन् ।

बुधबार एक सूचना जारी गर्दै इन्स्योरेन्सले प्रधान कार्यालय र शाखारउपशाखामा सर्तक हुँदै ज्वरो, खोकी र सास लिन गाह्रो हुनेलाई घरमा आराम गर्न लाउने र पिसिआर रिपोर्ट लिएमा मात्र काममा लगाउन आग्रह गरेको छ । त्यस्तै, सरकार र स्वास्थ्य संस्थाले तोके अनुसार स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा लागु गर्दै जान सबै कर्मचारीलाई आग्रह गरेको छ ।

सरकार र स्थानिय निकायले गरेको निषेधाज्ञा, लकडाउनलाई पूर्ण पालना गर्दै घरबाट इन्टरनेट, फोन, भाईबर र जुम माध्यमबाट सम्पूर्ण कारोबार सञ्चालनको व्यवस्था गर्न इन्स्योरेन्सले सबै शाखाका कर्मचारीलाई आग्रह गरेको छ । 

सोही अनुसार शाखारउपशाखाले सम्पर्क समन्वय गर्ने र ५० प्रतिशत कर्मचारीले घरबाट कार्यालयमा समन्वय गरी कामलाई निरन्तरता दिनुपर्ने छ ।

शाखा र उपशाखाले पनि भिडाभाड कम गर्ने, सकभर डिजिटल माध्यमबाट काम गर्ने गराउने र निषेधाज्ञा र लकडाउन नभएका ठाउँको शाखारउपशाखा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने छ । प्रधान कार्यालय दैनिक संचालनमा हुने भएकाले सम्पर्कमा रहन कम्पनीले आग्रह गरेको छ । साथै, यस सम्बन्धी कुनै समस्या परेमा दुई जना नायब प्रमुख कार्यकारी अधिकृत र मार्केटिङ्ग प्रमुखसँग सम्पर्कमा रहने इन्स्योरेन्सले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved