कोरोना बीमामा १ करोड बढी भुक्तानी हुन बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 09:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमावापत कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी रकम १ करोड भन्दा बढी रहेको छ । बीमक संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रकम १ करोड २७ लाख रुपैयाँ रहेको छ । १ सय २८ दावीवापत १ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । एक लाख रुपैयाँ बीमालेखअतर्गत बीमा कम्पनीहरुले १२६ दावीवापत १ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । भने ५० हजार रुपैयाँ बीमालेखअन्तर्गत २ दावीवापत १ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

कति भयो भुक्तानी ?

कोरोना बीमाअन्तर्गत १८१ वटा दावी परेका छन् । जसअन्तर्गत बीमा कम्पनीहरुले ५३ वटा दावीको भुक्तानी गरेका छन् । बीमक संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार ५३ दावी वापत कम्पनीहरुले ५० लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । एक लाख रुपैयाँको बीमालेखअन्र्तगत ४७ वटा र ५० हजार रुपैयाँ बीमालेखअन्तर्गत ६ वटा दावी परेका छन् ।  एक लाख रुपैयाँको बीमालेखअन्र्तगत ४७ वटा दावी वापत कम्पनीहरुले ४७ करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् । त्यस्तै, ५० हजार रुपैयाँको बीमालेखअन्तर्गत ६ वटा दावीवापत ३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

६ लाख बढीले गरे कोरोना बीमा 

६ लाख ६९ हजार ७०८ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । ६८ हजार ७९२ वटा बीमालेख जारी भएका छन् । बीमक संघको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले ३७ करोड ७४ लाख २७ हजार ७८२ रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

हेर्नुस् कसको कति ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved