
हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company ले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा इन्स्योरेन्सको खुद मुनाफा घटेको छ ।
यस अवधिमा कम्पनीले १७ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले २० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा २७ करोड ४१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २७ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
१ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा २५ करोड १७ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीको बीमा कोषमा ५६ करोड २८ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीले ४ हजार ४३२ वटा बीमा दाबी भुक्तानी गरेको छ । त्यस्तै, ९ सय २० वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।