सन नेपाल लाइफको खुद बीमाशुल्क बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 02:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले बीमा कम्पनीहरुको प्रमुख सुचक मानिने खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १ अर्ब ७  करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ७८ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्ममा इन्स्योरेन्सले ११ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन पछि फेरबदल हुन सक्ने । 

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २४ करोड ६२ लाख रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved