२४५ प्रतिशतले बढ्यो महालक्ष्मी लाइफको बीमाशुल्क, नाफामा ८१७ प्रतिशतको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 10:08:05 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले बीमा कम्पनीहरुको प्रमुख सुचक मानिने खुद बीमाशुल्क २४५ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ८६ करोड ८३ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २५ करोड १९ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ८७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन । एक्चुअरी भ्यालुएसन इन्स्योरेन्सको यो मुनाफामा फेरबदल आउन सक्ने छ । 

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ८ करोड २५ लाख रुपैयाँ रहेको छ ।  त्यस्तै, जीवन बीमा कोषमा ८१  करोड  ६ लाख रुपैयाँ रहेकको छ ।  

यस अवधिमा कम्पनीमा १२ हजार ४३६ वटा बीमालेख कायम भएका छन् । ५ वटा दावी भुक्तानी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved