४५ प्रतिशतले बढ्यो आईएमई जनरल इन्स्योरेन्सको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 10:33:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल IME General Insurance  ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद बीमाशुल्क बढाउन सफल भएको छ । कम्पनीको खुद बीमाशुल्क ३ करोड ९७ लाख रुपैयाँ अर्थात ८.३४ प्रतिशत बढेर ५१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ४७ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा ४५.४४ प्रतिशत अर्थात ६ करोड ५६ लाख रुपैयाँ बढी हो ।

अघिल्लो अर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो 

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत १९ करोड ३३ लाख, लगानी कर्जा तथा अन्यबाट ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको ।

चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ, बीमा कोषमा ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ९८ हजार ३८१ वटा बीमालेख जारी गरी एक अर्ब ३६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको १३ हजार ६२० वटा बीमालेख नवीकरण भएका छन्।

यस अवधिमा कम्पनीले ३ हजार ५१२ कुल दाबी बापत ७४ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ  । त्यस्तै, २ हजार ९६४ वटा दाबी बापत ४४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved