ज्योति लाईफले पायो आईएसओ गुणस्तर चिन्ह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 05:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ ईन्स्योरेन्स Jyoti Life Insurance Company  ले आईएसओ ९००१ः२०१५  गुणस्तर चिन्ह प्राप्त गरेको छ । कम्पनीले युनाईटेड रजिस्टार अफ सीस्टम(युआरएस)बाट आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रप्त गरेको हो । 

युआरएसले कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी आईएसओ ९००१ः२०१५ मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त मापन कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । 

कम्पनीले सन २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तार चिन्ह प्रमाणपत्र प्राप्त गरेको जानकारी दिएको छ । आफ्नो स्थापनाकाल देखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्हप्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुध्रिद गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved