बीमा कम्पनीलाई बीमा समितिको यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 08:47:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुलाई विभिन्न निर्देशन दिएको छ । बीमा समितिले कोभिड-१९ को जोखिम बढ्दै गईरहेको सन्दर्भमा बीमा कम्पनीमा  कार्यरत कर्मचारी एवम सेवाग्राहीमा समेत संक्रमणको जोखिम उच्च  हुने देखिएकोले सजग तथा सुरक्षित रही न्युनतम बीमा सेवा प्रदान गर्नका लागि निर्देशन दिएको हो ।

बीमा समितिले कुनै प्रकारका गोष्ठि, बैठक, सेमिनार, छलफल, भेला, तालिम जस्ता सामुहिक जमघट हुने कार्य नगर्न निर्देशन दिएको छ । 

बीमा समितिले सम्भव भएसम्म व्यक्तिगत भेटघाट र सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न समेत निर्देशन दिएको छ । त्यस्तै समितिले कम्पनीमा कार्यरत कर्मचारीहरुको आफ्नै खर्चमा कर्मचारीको पिसीआर परिक्षण गर्न समेत भनेको छ । 

साथै, आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारी वा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाईएका कर्मचारीहरु कार्यालयमा फर्कदा पीसिआर परीक्षण नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  

समितिले आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरित्त बिदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरित्त विदा र ओर्क फर्म होम उल्लेख गर्ने व्यवस्था मिलाउन समेत भनेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved