एक तिहाई कर्मचारीबाट सेवा दिन बीमा समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 10:25:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले बीमा कम्पनीहरुलाई एक तिहाई कर्मचारीबाट सेवा दिन निर्देशन दिएको छ । समितिले कोभिड-१९ को संक्रमणको कारण उत्पन्न परिस्थितिको सन्दर्भमा स्थानिय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यको लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुबाट सेवा दिन निर्देशन दिएको हो ।

साथै, सम्बन्धित कर्मचाहरुरीले फोटो सहितको परिचय पत्र साथमा लिई हिड्ने व्यवस्था मिलाउनु पर्ने बीमा समितिद्धारा जारी निर्देशनमा उल्लेख छ ।  बीमा समितिले निषेधाज्ञा अवधीमा समाप्त हुने बीमालेख भदौं १५ गतेसम्म कायम रहने र आगामी भदौं १५ सम्म बीमा शुल्क बुझाउँदा सो मा ब्याज नलाग्ने व्यवस्था गर्न समेत जीवन बीमा कम्पनीहलाई निर्देशन दिएको छ ।

बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद थप गरी सो वापत जरिवान नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विधुतिय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि समाप्त भए पश्चात सर्भेयर खटाई क्षति यकिन गरी दावी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तर दिनु पर्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved