कोभिड-१९ का कारण बन्द उद्योगलाई बीमा शुल्कमा एक तिहाइ छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 04:13:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण बन्द अवश्थामा रहेका उद्योग प्रतिष्ठानले बीमाशुल्कमा एक तिहाइ छुट पाउने भएका छन् । बीमा समितिले आज एक परिपत्र जारी गर्दै इजाजतपत्र सबै निर्जीवन बीमा कम्पनीलाई कोभिड १९ का कारण बन्द अवश्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमा दरमा छुट गर्न निर्देशन दिएको हो ।

समितिबाट जारी गरिएको सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिमको अनुसूची ११ को १६९ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दरलाई संसोधन गरी बन्द रहेका उद्योगलाई प्रतिहजार सम्बन्धित बीमा दरको एक तिहाई कायम गर्न निर्देशन दिएको हो ।

साथै, नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए अनुसार कोभिड १९ को कारण बन्द भएका उद्योगहरुको हकमा बन्द अवस्थाको जोखिमको लागि एक तिहाई तथा जोखिम समुहको बीमादर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने समितिद्धारा जारी परिपत्रमा उल्लेख छ । 

उक्त छुट ८३ दिनको लागि कायम हुने समितिले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved