रिलायन्स लाइफले भन्यो 'आईपिओमा विश्वास देखाएकोमा धन्यवाद'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 05:59:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनीको आईपिओमा विश्वास देखाएकोमा रिलायन्स लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई धन्यवाद दिएको छ  । कम्पनीको आईपिओमा पुँजी बजारकै इतिहासमा सर्वाधिक आवेदन दिएकोमा कम्पनीले धन्यवाद दिएको हो ।

कम्पनीले सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको १०० रुपैयाँ अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा ६० लाख ९ हजार लगानीकर्ताले आवेदन दिएका थिए ।

कम्पनीले बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग ., धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल ., शेयर प्रत्याभूतिकर्ता प्रभु क्यापिटलमा समेत धन्यवाद व्यक्त गरेको छ । साथै, कम्पनीले मिडिया हाउसहरु, कम्पनीको संचालक समिति, संस्थापकहरु, कम्पनीका कर्मचारी, रिलायन्स साथी  (अभिकर्ता), र ग्राहक प्रति कृतज्ञता व्यक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved