साउन महिनामा कुन बीमा कम्पनीको व्यवसाय कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 03:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन महिनामा जीवन बीमा कम्पनीले १० अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको साउन महिनामा १९ जीवन बीमा कम्पनीहरुले १० अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नविकरण बीमा शुल्क ७ अर्ब ९२ करोड रहेको छ । त्यस्तै, बैदेशिक रोजगार बीमा शुल्क भने शुन्य रहेको छ ।

बीमा समितिका अनुसार साउन मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले ३ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बीमा शुल्क ८० करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ३ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कुनको कति ?

नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २० करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८६ करोड रुपैयाँ नविकरण बीमाशुल्क गरी एक अर्ब ६ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रथम बीमा शुल्कवापत ८ करोड र नविकरण बीमा शुल्कवापत ९७ करोड रुपैयाँ गरी कुल १ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

राष्ट्रिय बीमा संस्थानले ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, मेट लाइफले प्रथम बीमा शुल्कवापत ९ करोड र नविकरण बीमाशुल्कवापत  ३५ करोड रुपैयाँ गरी कुल ४४ करोड बीमा शूल्क आर्जन गरेको छ । 

यता, एशियन लाइफले ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा प्रथम बीमा शुल्क ९ करोड र नविकरण ४३ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । 

सुर्या लाइफले ३५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । गुँरास लाइफले ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, प्राइम लाइफले ३७ करोड रुपैयाँ संकलन गरेको छ । 

आईएमई लाइफले २० करोड रुपैयाँ, यूनियन लाइफले ४८ करोड, ज्योति लाइफले १८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् । 

त्यस्तै, सन नेपाल लाइफले ११ करोड, रिलायन्स लाइफले १२ करोड, रिलायबल नेपाल लाइफले १६ करोड, सिटिजन लाइफले २२ करोड, सानिमा लाइफले ९ करोड, प्रभु लाइफले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्नसफल भएका छन् । 

त्यस्तै महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

निर्जीवन बीमा कम्पनीको व्यवसाय २ अर्ब

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा २० निर्जीवन बीमा कम्पनीले २ अर्ब ७० करोड रुपैयाँ बीमा संकलन गरेका हुन् । 

कुनको कति ?

यस अवधिमा सबै भन्दा बढी सगरमाथा इन्स्यारेन्सले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ ।  कम्पनीले ३० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सगरमाथा पछि बढी बीमाशुल्क संकलन गर्नसफल कम्पनीमा शिखर र सिद्धार्थ इन्स्योरेन्स रहेकाछन् । शिखर इन्स्योरेन्सले २९ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । भने  सिद्धार्थ इन्स्योरेन्सले २३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले २२ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १८ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १८ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

समितिको तथ्यांकअनुसार नेशनल इन्स्योरेन्सले १४ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १३ करोड रुपैयाँ, प्रुडेन्सियल इन्योरेन्सले १२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड रुपैयाँक कूल बीमाशुल्क आर्जन गरेका छन्  ।

त्यस्तै, प्रभु इन्स्योरेनसले ११ करोड रुपैयाँ अजोड इन्स्योरेन्सले ११ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ८ करोड रुपैयाँ संकलन गरेका  छन् ।

जनरल इन्स्योरेन्सले ७ करोड रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले ६ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ४ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved