९४ अर्ब तिर्नुपर्ने भएपछि कोरोना बीमामा जनता झुक्याइयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2020 | 10:00:54 PM मा प्रकाशित

laxmi  sunrise bank

थप स्पष्ट पार्न भन्दै  कोरोना बिमाको दाबि भुक्तानी सम्बन्धमा गरिएको पत्राचारले बीमा समितिको लाचारी बाहिरिएको छ। सस्तो लोकप्रियताको खोजीमा बिश्वमै नभएको कोरोना बीमा को धारणा ल्याएको बीमा कम्पनीले अब जोखिम थेग्न नसक्ने भएपछि कमजोरी लुकाउन लाचारपन देखाएको विश्लेषण गरिएको छ। 

६ सयको बीमा गर्दा लाख रुपैयाँ पाइने स्किमको रुपमा ल्याइएको कोरोना बीमाले नेपालका कम्पनीलाई धेरै क्षति हुने भएपछि बीमा समितिले आफ्नो बिगतको कमजोरी लुकाउन लाचारीपन देखाएको विश्लेषण छ। 

विश्वभर महामारीको रुप लिइरहेको कोरोनाले नेपालमा ठुलो क्षति गर्दैन भन्ने अनुमानमा ल्याइएको यो पोलिसीले नोक्सानी पुर्याउने भएपछि समितिले बहानाबाजी गरेको देखिएको छ।

यसअघि कोरोना पोजेटिभ देखिएपछि कोरोना बीमा गर्नेले १ लाख रुपैयाँ पाउने व्यवस्था थियो। तर अहिले आएर बिमा समितिले धेरै अर्थ लाग्ने गरि 'थप स्पष्ट पार्न खोजिएको' भन्दै कम्पनीहरुलाई निर्देशन जारि गरेको छ। 

बिगतमा सरकारी निजि केहि नभनी कोरोना पोजेटिभ देखिए पश्चात बिमा गर्नेले सहजै १ लाख दाबि भुक्तानी पाउने व्यवस्था रहेकोमा अहिले बीमा समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परिक्षण गर्दा कोरोना भाइरस रोग संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिन भित्र दाबि भुक्तानी गर्नुपर्ने भनेको छ। 

तर बीमा समितिले यो निर्देशन जारी गर्नुको कुनै अर्थ नभएको स्वास्थ्य क्षेत्रका बिज्ञहरुको भनाई छ। उनीहरुकाअनुसार नेपालमा हाल ४७ वटा  संस्थाले पिसीआर परिक्षण गर्दै आएका छन् ति सबै स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका संस्थाहरु नै भएकाले यो सूचना जारी गर्नुको कुनै अर्थ नभएको उनीहरुको भनाई छ। 

स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीबास्तवले नेपालमा हुने सबै प्रकारको पिसिआर स्वास्थ्य मन्त्रालय अन्तर्गत भएकोले निजि र सरकारी भन्ने नभएको प्रष्ट पारेका छन् । उनले भने, ‘सबै पिसिआर परिक्षण स्वास्थ्य मन्त्रालयकै मातहत भइरहेको छ । यसबारे भ्रममा नपरौं, स्वास्थ्य मन्त्रालयबाट अनुमति नलिई पिसिआर परिक्षण गर्नै पाइदैन । स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष निगरानीमा पिसिआर परिक्षण भइरहेको छ ।’

सबै पिसिआर परिक्षण स्वास्थ्य मन्त्रालयकै मातहत भइरहेको छ । यसबारे भ्रममा नपरौं, स्वास्थ्य मन्त्रालयबाट अनुमति नलिई पिसिआर परिक्षण गर्नै पाइदैन । स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष निगरानीमा पिसिआर परिक्षण भइरहेको छ-स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीबास्तव

तर बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल यो ब्यबस्था मापदण्ड मै रहेको र अहिले त्यो ब्यबस्थालाई थप स्पष्ट पारिएको मात्र बताउछन् । उनले भने 'स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट हुने परिक्षणको आधारमा दाबी भुक्तानी पाइन्छ, नीजी ल्याबको रिपोर्टले दाबी भुक्तानी पाईदैन।'

स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट हुने परिक्षणको आधारमा दाबी भुक्तानी पाइन्छ, नीजी ल्याबको रिपोर्टले दाबी भुक्तानी पाईदैन- बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल

बीमा समितिका कार्यकारी निर्देशन पौडेलले समितिले जारि गरेको निर्देशनमै टेकेर जनता झुक्याउने बोलि बोलेका छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत भन्ने शब्दले स्वास्थ्य मन्त्रालयले अनुमति दिएका नभई मन्त्रालय अन्तर्गत सिमित पिसिआर परिक्षण मात्र पर्ने जनाउने उनको बुझाई छ। 

स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतम भने यो बीमा कम्पनीमा भर पर्ने विषय भएको बताउछन् । उनले भने 'यो कम्पनीमा भर पर्ने विषय हो, कम्पनीले चाहे दाबी भुक्तानी दिन्छ।'

उनको यो भनाई पनि स्पष्ट छैन । प्रबक्ता डा। गौतमको भनाईलाई मान्ने हो भने बीमा कम्पनीहरुलाई मनलाग्दी छुट अर्थात् उनीहरुले चाहे भुक्तानी गर्ने र नचाहे भुक्तानी नगर्ने छुट देखिन्छ।

यो कम्पनीमा भर पर्ने विषय हो, कम्पनीले चाहे दाबी भुक्तानी दिन्छ-स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतम 

कानुनी लुपहोल बनाएर जनतालाई दुख दिने नियति 

विश्वमै नभएको कोरोना बीमा ल्याएर अर्थमन्त्री लगायतका सरकारी अड्डालाई खुसि राख्ने काम भएपनि अहिले आफैंलाई घाँडो भएपछि जनतालाई दुख दिने नियतले नै समितिले निर्देशन जारि गरेको देखिन्छ। 

नेपाल बिमक संघकाअनुसार भदौ १८ गतेसम्म नेपालभर ९ लाख ४० हजार २३७ जनाले कोरोना बीमा गरेका छन्। यत्तिका संख्यालाई सम्बोधन हुने गरि १ लाख ८ हजार कोरोना बीमाका पोलिसी जारि भएका छन्।  जसबाट २० वटा निर्जिवन कम्पनीले ५३ करोड ५८ लाख ३ हजार ५८२ रुपैयाँ प्रिमियम संकलन गरेका छन्। 

भदौ १८ गतेसम्म २३९ जनाले कोरोना बीमाबाट २ करोड २६ लाख दाबी भुक्तानी पाएका छन् भने १२ सय २८ जनाबाट ११ करोड ६३ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ। 

अहिलेसम्म जारि भएका कोरोना बीमाको दाबी पर्ने अवस्था आयो भने करिब ९४ अर्ब रुपैयाँ बराबरको भुक्तानीको जिम्मेवारी आइपर्नेछ । र भविष्यमा कोरोना बीमा गर्नेको संख्या बढी रह्यो र कोरोना लाग्नेको संख्या पनि बढी रह्यो भने यो दाबी अझ बढ्ने छ भने उत्तरदायित्वको राशि पनि अर्ब होइन खर्ब पुग्नेछ। 

दैनिक जसो कोरोना संक्रमितको संख्या बढीरहेको र आगामी दिनमा कोरोना बीमा दाबी गर्नेको संख्या बढ्ने र बीमा कम्पनी तथा अन्य सरोकारवालाले थेग्न नसक्ने भएकाले बीमा समितिले यस्तो निर्देशन जारि गरेको देखिन्छ। 

कसरि हुन्छ जोखिम बाँडफाँड 

२०७७ बैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमाको अवधि यस बर्षको चैत मसान्तसम्म छ। हिजो आज कोरोना बीमा गर्नेको पनि चैत मसान्तसम्म नै अवधि रहनेछ। बैशाख ७ गतेदेखि सुरु भएको कोरोना बीमा गत जेठ २३ मा स्थगित हुने भनीएपनि बीमा समिति, निर्जीवन कम्पनी, पुनर्बिमा कम्पनी, र नेपाल सरकारबीच एक सहमति भएपछि कोरोना बीमा पुन सुचारु भएको थियो। 

यो पनि:  निजी ल्याबको रिपोर्ट कोरोना बिमा दाबी भुक्तानीमा अमान्य

सुरुको १० हजारको संख्यासम्मको दाबी भुक्तानी २० वटा कम्पनीहरुले मिलेर गर्ने, त्यसपछि बढेको २० हजारसम्मको दाबी पुनर्बिमा कम्पनी एक्लैले भुक्तानी गर्ने, त्यसभन्दा माथि २५ हजारसम्मको दाबी २० वटा निर्जीवन बीमा कम्पनीको महाविपत्ति कोषबाट भुक्तानी गर्ने, त्यसपछि ३५ हजारको संख्यासम्मको दाबि बीमा समितिले भुक्तानी गर्ने र त्यो भन्दा माथि संख्या पुगे त्यसको भुक्तानी नेपाल सरकारले गर्ने सहमति जुटेको थियो। 

तर नेपालका बीमा कम्पनीहरुले गर्ने प्रत्येक पोलिसीको २० प्रतिशत जोखिम पुनर्बिमा कम्पनीले व्यहोर्ने भएकाले प्रत्येक १ लाखमा २० हजार पुनर्बिमा कम्पनीले भुक्तानी गर्नुपर्छ भने बाँकी ८० हजार २० वटा कम्पनीले संयुक्त रुपमा अर्थात प्रति कम्पनी ४००० रुपैयाँ भुक्तानी गर्नुपर्छ। 

कति प्रिमियममा कति दाबि ?

इच्छुकहरुले क र ख गरी २ प्रकारका बीमालेख खरिद गर्न सक्ने छन्।  क वर्ग अन्तर्गत प्रतिब्यक्ति एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने छ भने सामुहिक रुपमा बीमा गर्दा प्रतिब्यक्ति ६ सय रुपैयाँ लाग्ने छ। यस बीमालेख अन्तर्गत कोरोना पुष्टि भए बिमितले एक लाख पाउने छन् । 

खु वर्ग अन्तर्गत प्रतिब्यक्ति ५०० बीमा शुल्क लाग्ने छ भने सामुहिक रुपमा बीमा गर्दा प्रतिब्यक्ति ३ सय रुपैयाँ लाग्ने छ। यस बीमालेख अन्तर्गत कोरोना पुष्टि भए बिमितले ५० हजार पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved