कोरोना बीमाको निर्देशिका सच्याउन बीमा समिति तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 02:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले निजि क्षेत्रको रिपोर्टले दाबी भुक्तानी नपाइने निर्देशनलाई संसोधन गर्ने भएको छ।  समितिमा सरोकारवालाहरुसँग आज भएको छलफलमा बाँकी दाबिलाई हप्तादिन भित्र भुक्तानी गर्ने र पछिल्लो निर्देशनलाई पनि संसोधन गर्ने बिषयमा सहमति जुटेको जनाईएको छ। 

आज भएको छलफलमा अहिलेसम्म बाँकी रहेको कोरोना बिमाको दाबीलाई एक हप्ताभित्र भुक्तानी गर्ने र पछिल्लो निर्देशनलाई सच्याउने बिषयमा सहमति भएको नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बिजपाटीलाई बताए। 

'आजको ७ दिन भित्र अहिलेसम्म बाँकी रहेका कोरोना बिमाका दाबी भुक्तानी गर्ने र स्वास्थ्य मन्त्रालयबाट अनुमती लिएका निजि क्षेत्रका संस्थाले गरेका परिक्षणको रिपोर्टलाई पनि मान्यता दिने गरि निर्देशन संसोधन गर्ने बिषयमा छलफल भएको छ' गोल्छाले भने। 

बीमा समितिले थप स्पष्ट पार्न खोजिएको भन्दै यहि भदौ १८ गते स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको प्रमाण भेटिएको प्रमाण पेश भएको ७ दिनमा दाबी भुक्तानी गर्नुपर्ने निर्देशन दिएको थियो।  

उक्त निर्देशनले सरकारले पिसीआर परिक्षण गर्न अनुमति दिएका निजि संस्थाहरुबाट पिसीआर परिक्षण गर्दा पोजेटिभ देखिएपनि त्यसलाई मान्यता नदिने आशय व्यक्त भएपछि निजि क्षेत्र मात्र नभई सर्वसाधारण नेपाली नागरिक समेत बीमा समितिप्रति रुष्ट भएको थियो। 

यसअघि: ९४ अर्ब तिर्नुपर्ने भएपछि कोरोना बीमामा जनता झुक्याइयो

नेपाल बिमक संघकाअनुसार भदौ १८ गतेसम्म नेपालभर ९ लाख ४० हजार २३७ जनाले कोरोना बीमा गरेका छन्। यत्तिका संख्यालाई सम्बोधन हुने गरि १ लाख ८ हजार कोरोना बीमाका पोलिसी जारि भएका छन्।  जसबाट २० वटा निर्जिवन कम्पनीले ५३ करोड ५८ लाख ३ हजार ५८२ रुपैयाँ प्रिमियम संकलन गरेका छन्। 

भदौ १८ गतेसम्म २३९ जनाले कोरोना बीमाबाट २ करोड २६ लाख दाबी भुक्तानी पाएका छन् भने १२ सय २८ जनाबाट ११ करोड ६३ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ। 

कति प्रिमियममा कति दाबि ?

इच्छुकहरुले क र ख गरी २ प्रकारका बीमालेख खरिद गर्न सक्ने छन्।  क वर्ग अन्तर्गत प्रतिब्यक्ति एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने छ भने सामुहिक रुपमा बीमा गर्दा प्रतिब्यक्ति ६ सय रुपैयाँ लाग्ने छ। यस बीमालेख अन्तर्गत कोरोना पुष्टि भए बिमितले एक लाख पाउने छन् । 

ख वर्ग अन्तर्गत प्रतिब्यक्ति ५०० बीमा शुल्क लाग्ने छ भने सामुहिक रुपमा बीमा गर्दा प्रतिब्यक्ति ३ सय रुपैयाँ लाग्ने छ। यस बीमालेख अन्तर्गत कोरोना पुष्टि भए बिमितले ५० हजार पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved