निजि ल्याबको कोरोना रिपोर्टबाट परेका दाबी भुक्तानी छानविन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 03:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले निजि ल्याबबाट कोरोना परिक्षण भई आएका दाबी भुक्तानीको सम्बन्धमा छानविन गर्नको लागि छानविन समिति गठन गरेको छ । आइतबार बसेको समितिको बैठकले समितिका कार्यकरी निर्देशकको संयोजकत्वमामा छानविन समिति गठन गरेको हो 

समितिमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहेका छन् । उक्त समितिले  निजि ल्याबबाट कोरोना परिक्षण भई आएका दाबी भुक्तानीको सम्बन्धमा विस्तृत छानविन गर्ने छ । समितिको सुझावको आधारमा बीमा भुक्तानी बारे निर्णय हुने छ 

त्यस्तै बीमा समितिले निजि ल्याबबाट कोरोना परिक्षण भई भविष्यमा आउने दाबी भुक्तानीको बारेमा अध्ययन गर्न अर्को समिति गठन गरेको छ । अहिले निजि ल्याबले समेत कोरोना परिक्षण गर्न थालेकोले  के कस्तो प्रक्रिया अबलम्बन गरी दाबी भुक्तानीको मापदण्ड संशोधन गर्न सकिन्छ भन्ने सुझाव समितिले  दिने छ । यो समितिको संयोजक पनि बीमा समितिका कार्यकारी निर्देशक रहेका छन् भने सदस्यहरुमा अर्थ र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला पक्ष रहने छन् 

यी दुई समितिले अध्ययन प्रतिवेदन पेश नगर्दासम्म बीमा समितिले दाबी भुक्तानी प्रयोजनको लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट कोरोना परिक्षण गराउन अनुरोध गरेको छ । समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट कोरोना परिक्षण भई आएका दाबीको भुक्तानी ७ दिन भित्र दिने निर्णय गरेको छ। 

यस्ता छन् समितिका निर्णय : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved