बीमा समितिको अध्यक्ष माथी २ अर्ब घोटालाको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 02:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्यकालको अन्तिम प्रहरमा रहेका बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईं बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दर्जन हाराहारी उजुरी दर्ता भएका छन्। 

परेका उजुरीमा चापागाईले आफ्नो कार्यकालमा आर्थिक लेनदेनदेखि पद र सम्पतीको दुरुपयोगसम्म छन्। चापागाईका विरुद्धमा कमिसन लिएर नयाँ कम्पनी दर्ता,  स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको,  सम्पतीको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी बिभाग सरुवा गरेको,, विज्ञापनमा पक्षपात गरेको जस्ता उजुरी परेका छन्। 

यो पनि:  सत्य बोल्नबाट डराए बीमा समितिका अध्यक्ष, भन्छन् 'शिखरको सीईओबारे बोल्दिन्न'

असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागाईले १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रमोटर सेयरलाई ११५ रुपैयाँका दरले पैसा उठाएर झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ। आयोगका सहायक प्रबक्ता गणेश बहादुर अधिकारीले चापागाई बिरुद्द उजुरी परेको पुष्टि गरेका छन्। 

बलात्कार आरोपमा प्रतिनिधि सभाको सभामुखबाट निलम्बित भएका कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा नयाँ कम्पनीलाई लाइसेन्स दिलाउने सर्तमा चापागाईलाई बीमा समितिको अध्यक्ष बनाइएको बजारमा चर्चा हुँदै आएको छ। त्यसो त कार्यकाल सकिन करिब डेढ महिना बाँकी रहँदा अधुरा काम फत्ते गरेर जाने योजना अन्तर्गत थप नयाँ बीमा कम्पनीलाई अनुमती दिने तयारीमा चापागाईं रहेको बताइन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved