कोरोना बीमा गरेकालाई ७ दिन भित्र दाबी रकम दिन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 06:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले सात दिन भित्रै कोरोना बीमाको दावी भुक्तानी गरिसक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिमितहरुको ७ दिन भित्र दाबी भुक्तानी गरि सक्न समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।

अर्थ मन्त्रालयमा भएको छलफलपछि मन्त्रालय कै निर्देशनमा समितिले यस्तो निर्देशन दिएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा आज बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो। 

अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी  गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्‍चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । 

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved