रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance ले विलम्ब शुल्क छुट दिने भएको छ । ग्राहकले व्यतित बीमालेख मंसिर महिनाभित्र पुनर्जागरण गरेमा कम्पनीले विलम्ब शुल्क शतप्रतिशत छुट दिने भएको हो ।
विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहकमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गर्ने कम्पनीले यस्तो छुट दिन लागेको जनाएको छ ।