आईएमई लाईफले ल्यायो नेपालको बीमा क्षेत्रमै पहिलो पटक 'च्याटबोट' सोवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 09:51:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाईफ ईन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमै पहिलो पटक च्याटबोट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले 'आईएमई लाईफ ३६० योर र्भचुअल एसीस्टेन्ट' नामको च्याटबोट सञ्चालमा ल्याएको हो । 

यो सेवा हाल कम्पनीको वेबसाईटमा उपलब्ध रहेको र आगामि दिनमा मोबाईल एप र म्यासेन्जरमा समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । बीमासंग चासो राख्ने, बीमाको बारेमा बुझन चाहने, कम्पनीको बारेमा बुझन चाहनेले यस च्याटबोटबाट सेवा लिन सकिने जनाइएको छ । 

च्याटबोट सेवा मार्फत् आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारीलिनुका साथै बीमा शुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत् तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved