कागजात पुरा भएका ९ हजार बढीले कोरोना बीमाको भुक्तानी पाउँन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 02:44:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना दाबी भुक्तानीको पछिल्लो अवस्था सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले ३ दिन भित्र सम्पूर्ण दाबी भुक्तानी गर्न निर्देशन दिएको ६ दिनपछि समितिले पछिल्लो अवस्था सार्वजनिक गरेको हो 

जस अनुसार हालसम्म कागजात पुरा भएको दाबी संख्या १७ हजार २ सय ३५ रहेको, थप प्रमाणित गर्नको लागि स्वास्थ्य सेवा विभागमा ४ हजार १ सय ५२ वटा निवेदन पठाईएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २४ सय ९३ वटा निवेदन भेरिफाई भई आएको समितिले जनाएको छ 

समितिका अनुसार हालसम्म दाबी भुक्तानीको विवरण संख्या ८१ सय ४५ छ भने सबै कागजात पुरा भई भुक्तानी गर्न बाँकि संख्या ९ हजार ९० छ । त्यस्तै कागजात नपुगी पुन: कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या ११ असी ३६ रहेको छ 

कागजात भेरिफाई हुन केहि समय लाग्ने भएको र भेरिफई भएका सबैले नियमबमोजिम भुक्तानी पाउने भएकोले धैर्य गर्न बीमा समितिले सबैलाई आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved