रिलायन्स लाइफद्वारा नेपाल स्टारको विजेतालाई १ करोडको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 04:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance  ले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको बीमा याजना प्रदान गर्ने भएको छ । कम्पनीले सो रकम बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको हो ।

यस्तै, अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिलगर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको कम्पनीले जनाएको छ । मंगलबार यसै सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत  कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved