१२ हजारले पाए कोरोना बीमाको भुक्तानी, एक सातामै ३५०० थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 12:34:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एक साताको अन्तरमा तीन हजार ४ सय कोरोना बीमाको दाबी भुक्तानी भएको छ। अलग्गै कार्यलय तथा कर्मचारी राखेर युद्दस्तरमा काम भएकाले कोरोना बीमाको दाबी भुक्तानीको अनुपात बढेको बीमा दाबी भुक्तानी सम्बन्धमा बीमा पुल व्यवस्थापक रहेको शिखर इन्स्योरेन्सले जनाएको छ। 

गत साता मङ्सिर २५ गतेको तथ्यांकलाई आधार मान्दा यो साता कोरोना बीमाको दाबी भुक्तानीमा उल्लेख्य काम भएको देखिन्छ। एक सातामा ३ हजार ३ सय ३५ जनाले थप कोरोना बीमाको दाबि भुक्तानी पाएका छन। यससँगै अहिलेसम्म कोरोना बीमाको भुक्तानी पाउनेको संख्या १२ हजार ६१७ पुगेको छ भने कोरोना बीमा दाबी भुक्तानीको रकम पनि १ अर्ब २३ करोड ३० लाख ७५ हजार पुगेको छ।

त्यस्तै कोरोना बीमाको दाबी भुक्तानीको लागि २४ हजार ८५६ जनाको आबेदन स्वकृति भएको छ। यो संख्या गत साता १९ हजार २०५ मात्रै थियो। त्यस्तै २ हजार ७८५ जनाको आबेदन स्वीकृतिको प्रकृयामा छन्। 

पुष २ गतेसम्मको तथ्यांकअनुसार ३ हजार १११ आबेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडी मा जाँच प्रकृयामा छन् भने ५३१ आबेदन इडीसीडी पठाउनका लागि पाइपलाइनमा छन्। 

यो पनि: १ महिनामा सबैले कोरोना बीमाको पैसा पाउने, छुट्टै कार्यालयबाट युद्दस्तरमा काम

यता अहिलेसम्म १६३२ जनाको आबेदन कागजात पुरा नभएकाले पुल व्यवस्थापक शिखर इन्स्योरेन्सले सम्बन्धित कम्पनीलाई नै भेरीफाईको लागि फिर्ता पठाएको छ भने डुब्लिकेशन पाइएकाले ५४ जनाको दाबी भुक्तानी हुन् सकेको छैन। 

कोरोना बीमा दाबी भुक्तानीको लागि ढिलाई भएको गुनासो बढेपछि पुल व्यवस्थापक शिखर इन्स्योरेन्सले केन्द्रिय कार्यलय नजिकै अर्को भवन भाडामा लिएर तथा ४० जना कर्मचारी खटाएर काम थालेको हो। त्यसयता कोरोनाको दाबी भुक्तानी पाउनेको संख्या दिनानुदिन बढिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जनाएका छन्।

अहिले ४० प्लस कर्मचारी खटाएर काम गर्दा पनि दैनिक ७०० देखि १००० वटा आबेदनमाथि कारबाही भएकाले पाइपलाइनमा रहेका दाबी भुक्तानी हुनलाई एक महिना देखि डेढ महिनासम्म लाग्न सक्ने सीईओ पाण्डेले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved