बीमा समितिका अध्यक्ष चापागाईंले ४ बर्षमा चाहेर पनि गर्न नसकेका ४ महत्त्वपूर्ण काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 10:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईले आफ्नो चार बर्षे कार्यकालमा चाहेर पनि गर्न नसकेका महत्त्वपूर्ण कामहरुको बारेमा बोलेका छन्। आफ्नो कार्यकाल सन्तोषजनक रहेको भएपनि केहि काम गर्न बाँकी नै रहेको भन्दै उनले गर्न बाँकी कामबारे जानकारी गराएका हुन्। 

अध्यक्ष चापागाईको अनुसार बीमा समितिको नेतृत्त्व सम्हाल्दा बीमाको दायरा ७ प्रतिशत रहेकोमा अहिले यो बढेर २७ प्रतिशत पुगेको छ। बैदेशिक रोजगारी सम्बन्धमा गरिएका पुराना बीमा परिपक्व भएको र कोभिड १९ का कारण नयाँ हुन् नसकेकाले बीमाको दायरा २५ प्रतिशतमा झरेपनि यो बढ्ने उनको भनाई छ।

बैंकिङ क्षेत्रमा राष्ट्र बैंक ऐन, बाफिया, वित्तीय अपराध को कानुन भएपनि बीमा क्षेत्रमा बीमा ऐन मात्रै भएकाले कानुनी रुपमा बलियो बनाउनलाई नयाँ ऐन ल्याउनलाई मस्यौदा तयार भएको उनले बताए। अर्थमन्त्रालयमा  एक पटक मस्यौदामा छलफल भईसकेको सुनाउदै संसोधित मस्यौदा  अहिलेकै अवस्थामा आउदा तीनवटै ऐनको बिषय सम्बोधन हुने उनको अपेक्षा छ। 

आफ्नो कार्यकालमा बीमा तालिम केन्द्र खोलिएको र यसमा दुईवटा विन्ग्स बनाएर काम भईरहेको उनले सुनाए। एउटा विन्ग्सले एकेडेमी सम्बन्धि काम गर्ने र अर्कोले तालिमको काम गर्ने उनले जानकारी दिए। सबै बीमा कम्पनी र बीमा समितिको ५ करोड पुंजीमा तालिम केन्द्र खोलिएको र कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भईसकेको अध्यक्ष चापागाईले बताए। 

आफ्नो कार्यकालमा जीवन तथा निर्जीवन बीमाप्रतिको बिश्वास र बीमा समितिको पहिचान बढेको समेत अध्यक्ष चापागाईंको दाबी छ। कोरोना बीमाका कारणले आफ्नो कार्यकालमा केहि क्षती भएको हो कि भन्ने आशंका रहेपनि अन्ततस् यसले राम्रै काम भएको उनले बताए। कोरोना बीमा गरेका मध्येबाट परेको दाबीमा झन्डै १४ हजार प्लसको भुक्तानी भईसकेको बताउदै अहिले कोरोना बीमाको प्रभाव पनि सकारात्मक नै रहेको बताए। 

यी  उपलब्धी सहित आफ्नो कार्यकालमा बीमा क्षेत्रमा रोजगारी २ हजारबाट बढेर १० हजार पुगेको, अभिकर्ताको संख्या डेढ लाखबाट ६ लाख पुगेको, बीमाको बजार विस्तार भएको उनले सुनाए। 

त्यस्तै आफ्नो कार्यकालमा बीमा समितिको प्रकाशनलाई निरन्तरता दिएको र बिभिन्न बिषयमा अध्ययन समेत भएको उनले सुनाए। 

तर अन्य काम गर्दागर्दै पनि आफ्नो कार्यकालमा चाहेर पनि केहि काम हुन् नसकेको उनले बताए। सबैलाई सूचनाको सहजता र सबैमा सूचनाको पहुँच होस् भन्ने उदेश्यले सबै तथ्यांक एकीकृत रुपमा राख्नलाई थालिएको अनलाइन बाट नै डाटा इन्ट्री गर्ने प्रणालीको निर्माण कोभिड १९ को कारणले अड्किएको उनले बताए। 

अनलाइन प्रणाली निर्माण सम्बन्धमा भेन्डरसँग सम्झौता पनि भईसकेकाले अबको ६ महिना बर्ष दिनमा काम सम्पन्न हुने र सबैलाई सूचना तथा जानकारी लिनलाई सहज हुने उनले बताए। 

ऐनलाई हिउँदे अधिवेशनबाट पास गरेर आफु जानु अगाडी नै बीमा ऐन ल्याउने चाहना रहेपनि राजनीतिक कारणले गर्दा ऐन बनाउने आफ्नो लक्ष्य पुरा नभएको उनले बताए।

त्यस्तै ऐनको मस्यौदा बनाउने लगायतका अन्य काम  भएपनि बीमा समितिको मजबुती र त्यहाँका कर्मचारीको क्षमता अभिबृद्धि गर्ने काम पनि पुरा हुन् नसकेको उनले सुनाए।  

कोभिड १९ को महामारीमा दुरदराजका आर्थिक अवस्था कम्जोर भएकाहरु लाभान्वित हुन् भन्ने उदेश्यले कोरोना बीमा ल्याईएपनि केहि प्राविधिक कुरामा चुक हुँदा भनेजस्तो हुन् नसकेको अध्यक्ष चापागाईले गुनासो गरे।  यसलाई स्वास्थ्य बीमाको शैलीमा वा थप केहि संसोधित रुपमा ल्याउन सकेको भए अझ राम्रो हुन सक्ने उनले बताए। 

नेपाल सरकार मन्त्रिपरिषदको २०७३ साल पुष १४ को निर्णयबाट बीमा समितिको अध्यक्ष बनेका चापागाईंको ४ बर्षको कार्यकाल यहि २४ गते सकिदैछ। पुष १४ गतेसम्म नियमित रुपमा काम गर्नेछन भने त्यसपछि उनि बिदामा बस्नेछन्।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved