सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारका प्रतियोगीको बीमा गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 12:55:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited  ले नेपाल स्टारका प्रतियोगी, निर्णायक र निर्देशकलाई एक बर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल स्टारका उत्कृष्ट जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बीमा प्रदान गर्न लागेको हो । 

यसै विषयमा कम्पनी र की एडभरटाजिङ सर्भिसबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र एडभरटाजिङका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य, संगीतकार आलोक श्री, गायक राम कृष्ण ढकाल, गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्र्पधा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो । 

कम्पनीले उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा गरिदिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved