१५ हजार बढीले पाए कोरोना बीमाको पैसा, भुक्तानी रकम डेढ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 04:04:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष महिनाको ९ गतेसम्म १५ हजार बढीले कोरोना बीमा दावी रकम पाएका छन् । बीमा समितिका अनुसार पुष ९ गतेसम्म १५ हजार ३८१ जनाले दावी रकम पाएका हुन् । 

पुष ९ गतेसम्म कुल २८ हजार २९४ जनाको दावी रकमका लागि प्रक्रिया पुरा भएको छ । जसमध्ये १५ हजार ३८१ जनाले दावी बराबरको कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ पाएका हुन् । यसरी सबै प्रक्रिया पुरा गरेका १२ हजार ९१३ जनाले भने दावी रकम पाउँन बाँकी छ ।

त्यस्तै, बीमा दावीका लागि आवेदन दिएका मध्ये २ हजार ५३ जनाको आवेदन रद्द भएको छ भने ३ हजार ५५५ जनाको कागजात स्वीकृती हुन बाँकी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved