रोकियो राष्ट्रिय बीमा कम्पनीको लाभांश, के हो अहिलेको विवाद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 01:50:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले राष्ट्रिय बीमा कम्पनीले प्रस्ताव गरेको ६ आर्थिक बर्षको १२० प्रतिशत लाभांश वितरणमा रोक लगाएको छ। लाभांश नबाड्ने शर्त राखेर कम्पनीको २०६८/०६९ सालको वासलात स्वीकृत गरिएको समितिले जनाएको छ। 

प्रस्तावित लाभांश २०६८/६९ मा प्रोभिजन गरेर अगाडी बढ्ने शर्तमा बीमा कम्पनीको वासलात स्वीकृत गरिएको बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईंले बताए। 

यस निर्णय प्रति कम्पनीले अशन्तुष्टी जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा डील्लीराज अर्यालले बीमा समितिका अध्यक्ष चापगाईले आफ्नो कार्यकालको अन्तिम प्रहरमा आएर शर्त सहित बासलात स्वीकृत गर्दा प्रकृयागत रुपमा बीमा कम्पनी अप्ठ्यारोमा परेको बताए। 

बीमा समितिले अहिले गरेको निर्णय वा अहिले राखेको शर्त पहिले नै भनिदिएको भए आफुहरुले फेरी प्रक्रियागत झन्झट व्योहोर्नु नपर्ने र यत्तिका बर्षपछि पुन लेखा परिक्षणको दुख भोग्नु नपर्ने सीईओ अर्यालले बताए। समितिले अहिले आएर तेर्स्याएको शर्तले प्रकृया दोहोरिएको र यसले बीमा कम्पनीलाई केहि पछाडी धकेलेको उनको भनाई छ। 

विगतमा बीमा कम्पनी भित्र चरम भ्रष्टाचार भएर वा आर्थिक हिनामिना भएर हिसाब मिलानमा वा फर फारकमा समस्या नभएको दाबी गर्दै अर्यालले संस्थागत प्रणाली नहुँदा र कागजात व्यवस्थित नहुँदा यस्तो हुन आएको बताए।

बीमा समितिले केहि हप्ता र केहि दिन भित्र वासलात मिलाएर आउँन दिएको निर्देशन पनि अव्यवहारिक भएको आरोप लगाउदै अर्यालले बीमा कम्पनी सरकारी कम्पनी भएकाले यसको प्रकृया निजि कम्पनी जस्तो छिट्टो नहुने स्पष्ट पारे। 

अर्यालका अनुसार बीमा समितिको निर्देशन पश्चात बीमा कम्पनीले २०६८/०६९ को वासलात आन्तरिक रुपमा तयार गरिसकेको छ।  बाह्य परिक्षणको लागि प्रकृया अगाडी बढिसकेको छ। २०७२/०७३ सम्मको वासलात समेत आन्तरिक रुपमा तयार भईसकेको छ। बीमा समितिको निर्देशनअनुसार यसअघिका पहिल्यै परिक्षण भईसकेका सम्बन्धित बर्षहरुका वासलात सम्बन्धित संस्थाहरुलाई पठाईसकिएको र बाह्य लेखा परिक्षण अगाडी बढिसकेको छ। 

यो आर्थिक बर्षको वासलात तयार हुने बेलासम्म २०७४/७५ को काम सक्ने र त्यसपछिका बर्षहरुमा एनएफआरएस अन्तर्गत अगाडी बढ्ने योजना रहेको अर्यालले बताए। बीना लाभांश २०६९।७० को बार्षिक साधारणसभा बोलाउनुको साट्टो कम्तिमा पनि एनएफआरएस सुरु हुँदाको बर्ष सम्मको हिसाब किताब मिलाउने र त्यहि अनुसार अगाडी बढ्ने योजना रहेको उनले बताए। 

कम्पनीको २०६९/७० साल देखि बार्षिक साधारण सभा हुन नसकेको छैन।  हाल बीमा कम्पनीको चुक्ता पुंजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ।  बीमा समितिको निर्देशनअनुसार बीमा कम्पनीले आफ्नो चुक्ता पुंजी १ अर्ब पुर्याउनुपर्ने छ। २०७४/७५ सम्मको बास्लात तय भईसकेपछि पुंजी वृद्धि योजनाबारे निर्णय लिईने सीईओ अर्यालको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved