बीमा समितिका नयाँ अध्यक्षको कार्यकाल धेरै छोटो !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 09:31:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिमा नयाँ अध्यक्ष को बन्ला भन्ने चर्चासँगै कार्यकाल कति बर्षको होला भन्ने बिषयबारे पनि बहस सुरु भएको छ। संसद नै विघटन भएको अवस्थामा प्रस्तावित बीमा ऐन २०७५ आउँन समय लाग्ने भएकाले बिद्यमान कानुन अनुसार नै नयाँ अध्यक्ष चयन हुने भएपछि कार्यकाललाई लिएर चर्चा सुरु भएको हो। 

प्रस्तावीत वीमा ऐन २०७५ अनुसार नै नेपाल बीमा प्राधिकरण स्थापना हुने र यसको अध्यक्ष तथा अन्य संचालक समिति सदस्य पनि सोहिअनुसार चयन हुने भएकाले उक्त ऐन पारित भएपश्चात हालको बीमा समिति र त्यसका अध्यक्ष स्वत निष्क्रिय हुनेछन।  

यसले गर्दा बिद्यमान कानुन अनुसार अध्यक्ष बन्ने व्यक्तिको कार्यकाल प्रस्तावित बीमा ऐन २०७५ नआउँदा सम्मको लागि मात्र हुने भएकाले नयाँ अध्यक्षको कार्यकाल धेरै छोटो हुने देखिन्छ। सामान्यतया बीमा समितिका अध्यक्षको कार्यकाल ४ बर्षको हुनेगर्दछ।  

यो पनि:  बीमा समितिको अध्यक्षमा दर्जन आंकाक्षी : मुख्य दाबेदारलाई नै बन्न सक्छ कानुन बाधक

बीमा समितिको अध्यक्ष चिरिन्जीवी चापगाइको ४ बर्षे कार्यकाल यहि २२ गते सकिने भएकाले उनी बिदामा बसिसकेका छन्। २२ गतेपछि केहि समयका लागि कार्यकारी निर्देशक राजु रमणलाई निमित्त अध्यक्ष दिने सम्भावना रहेपनि राजु रमणको निमित्त अध्यक्ष पद धेरै नटिक्ने विश्लेषण गरिएको छ। 

अर्थमन्त्रीको प्रस्तावमा मन्त्रीपरिषदले आबेदन परेका र उत्कृष्ट ३ मा अटाएकाहरु मध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ। मन्त्रीपरिषदबाट नै अध्यक्ष चयन हुने भएकाले राजु रमनलाई नयाँ समयसम्मको लागि अध्यक्षको जिम्मेवारी नदिईने विश्लेषण गरिएको छ। 

बीमा समितिको अध्यक्ष बन्न झन्डै आधा दर्जन बढी आकांक्षी देखिएका छन्। जसमा सबैभन्दा बढी चर्चा नेपाल राष्ट्र बैंकबाट आगामी फागुन १८ गतेबाट डेपुटी गभर्नरबाट बिदाई हुने क्रममा रहेका चिन्तामणि शिवाकोटीको सम्भावना बढी रहेको बजारचर्चा छ।

बिगतमा बीमा समितिमा बीमा सम्बन्धी ज्ञान र अनुभव (फत्त बहादुर केसी बाहेक) नभएकाहरुलाई अध्यक्ष बनाईएकाले जुन हिसाबले बीमाको बजार बिकास तथा बिस्तार हुनुपर्ने हो त्यो नभएको गुनासो छ। त्यसैले अब बन्ने अध्यक्षसँग कम्तिमा केहि बर्ष बीमा क्षेत्रमा काम गरेको र बीमा सम्बन्धी ज्ञान भएको व्यक्ति हुनुपर्ने बजार तथा सरोकारवालाको माग छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved