प्राइम लाइफद्धारा ४ दिनमा बीमाको दाबी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 06:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय प्रेम वहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी दिएको छ । अर्घाखा“चीको सितगंगा नगरपालिका–२ स्थायी घर भई सन्धिखर्क न.पा. १, मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम  कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कोरोना ऋइख्क्ष्म् ज्ञढ का कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसीर ३ गते मृत्यु भए पश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते  कम्पनीमा निवेदन दिएकी थिईन । आवश्यक कागजात पौष १६ गते पुरा गरेकी थिइन ।

उनले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीमा २ लाख एक हजारको बीमा गरेका थिए । उनले कम्पनीमा ३ किस्ता बापत रु.४९ हजार बुझाएका थिए । मृत्यु पश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम रु. २ लाख ३७ हजार ९ सय ८४ रुपैयामध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको १६ हजार ३५२ रुपैया कट्टा गरी बा“की २ लाख २१ हजार ६ सय ३२ रुपैया कम्पनीले मृतककी श्रीमती केसरा क्षेत्रीको वैंक खाताका पौष २० गते सिधै भुक्तानी गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved