यूनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 02:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) United Insurance Company (Nepal)  ले आफ्नो लोगो परिवर्तन गरेको छ । कम्पनीले माघ १ गते  मनोरञ्जनात्मक भर्चुअल कार्यक्रम मार्फत नयाँ लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा गायकहरु स्वप्न सुमन तथा काली प्रसाद बास्कोटाको प्रत्यक्ष सांगितिक कार्यक्रम गरिएको थियो । यस किसिमको कार्यक्रम बीमा क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठज्यूले लोगो परिवर्तन गर्नुको कारण र यसको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा व्यापार प्रवद्र्धन तथा रणनीति विभागका प्रमुख आदर भण्डारीले कम्पनीको लोगो परिवर्तन र ब्रान्डिङ्ग तथा सोमा प्रयोग भएको रंग तथा त्यसले कम्पनीको विविध पक्षको प्रतिनिधित्व गरेको जानकारी गराएका थिए  ।

ग्राहकवर्गको बदलिंदो आवश्यकता, चाहना र माग बमोजिम बीमा सेवालाई थप सरल, सहज तथा सुपथ गर्दै समयानुकुल अद्यावधिक गर्न, नयाँ टिम, नयाँ कार्य योजना, नयाँ कार्य पद्धति तथा नयाँ प्रविधिको प्रयोग गर्दै आएको कुरालाई प्रतिनिधित्व गर्न साथै ग्राहकवर्गलाई थप आकर्षण गर्न नयाँ लोगोले महत्वपूर्ण भुमिका खेल्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved