
राईड शेयरिंग तथा फुड डेलिभरी एप पठाओले ग्राहक र राईडर÷चालकको बीमा गर्न एभरेष्ट इन्स्यारेन्ससँग सम्झौता गरेको छ । बिहिबार बीमा गर्ने सम्बन्धि साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पश्चात अब यात्राको क्रममा दुर्घटना भएर चालक वा ग्राहकको मृत्यु, अंगभंग भएमा बढीमा ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् । यसको साथै ग्राहक तथा चालकहरुले १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् ।
यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन दिनुपर्नेछ ।
पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले पठाओ राइडर र ग्राहकको सुरक्षाका निम्ती प्रतिवद्ध रहेको दाबी गरेका छन् ।
उनले भने, ‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं । यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं ।’
हालसम्म पठाओले ७५ हजार बढी राईडरहरुलाई तालिम दिईसकेको छ । अहिलेसम्म पठाओ एम १३ लाखभन्दा बढी ग्राहकहरुले डाउनलोड गरिसकेका छन् ।