
एशियन लाईफ इन्स्योरेन्स Asian Life Insurance Company ले कर्णाली प्रदेशको दैलेखमा रहेको उपशाखालाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले स्तरोन्नती गरिएको शाखाको उद्घाटन गरेका हुन् ।
दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रहेको छ भने २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष २३ अर्ब ६ करोड रहेको छ ।