बीमा समितिको अध्यक्षमा 'बोल्ड' नेतृत्त्व ल्याउने अर्थको तयारी, पूर्व सचिवको चर्चा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 05:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

रिक्त रहेको बीमा समितिको अध्यक्ष बन्नका लागि आकांक्षीहरुले शक्तिकेन्द्रमा दौडधुपलाई तिब्र पारेका छन् । तर सरकारले समितिको अध्यक्ष पदमा पूर्व प्रशासकलाई नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ 

बीमा क्षेत्रमा बेथिति बढेको, समितिले पर्याप्त नियमन गर्न नसकेको, र यो क्षेत्रमा  ब्यापक सुधार गर्नु पर्ने देखिएकोले सरकारले पूर्व प्रशासकलाई समितिको जिम्मेवारी दिने तयारी गरेको बताईएको छ

स्रोत भन्छ ' समितिमा आफ्नो अडान लिएर काम देखाउन सक्ने तथा बोल्ड निर्णय गर्न सक्ने व्यक्ति आओस् भन्ने सरकारको चाहना छ, त्यसैले  अध्यक्ष पदमा चर्चामा नै नआएको व्यक्ति आउनु हुन्छ' 

अध्यक्षको दौडमा यहि फागुन १८ देखि डेपुटी गभर्नरबाट विदा हुँने क्रममा रहेका चिन्तामणि शिवाकोटी, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य, हाल नागरिक उड्ययन प्राधिकरणको संचालक सदस्य महेश गुरागाइँ, नेप्सेका पुर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा.रामशरण खरेल, पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा. रवीन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका संचालक सदस्य रमेश लम्साल लगायत रहेको बताइन्छ। 

बीमा समितिको अध्यक्ष बनाइदिने आश्वासन पाएर गभर्नर पदको दौडबाट पछि हटेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी लाई बीमा समितिको अध्यक्षको बलियो दाबेदारको रुपमा लिईएको थियो । शिवाकोटी आफुलाई पुर्व एमाले त्यसमा पनि प्रधानमन्त्री ओली निकट बताउँछन्। तर डेपुटी गभर्नरकै रुपमा पनि राष्ट्र बैंक भित्र शिवाकोटीलाई अपरिपक्व नेतृत्त्वको रुपमा लिईने गरेकाले सरकारले बीमा समितिमा उनको विकल्प खोजेको अर्थ स्रोतको भनाई छ। 

स्रोत भन्छ, 'राष्ट्र बैंक जस्तो सँस्थामा भएका कतिपय सम्बेदनशील काम, कारबाही र निर्णयहरु उहाँ (शिवाकोटी) को चेम्बरमा पुगेपछि उहाँ निकटका मिडियाबाट बाहिरिन्छन्, बीमा समितिको नेतृत्त्वमा हुँदा पनि यहि अवस्था रह्यो भने मिडियाबाजी बढी हुने अर्थको बुझाई छ। '

त्यसैले सरकारले अवकाश पाएका सचिवहरु मध्येबाट एक जनालाई समितिको अध्यक्ष बनाउने तयारी गरेको स्रोतको दाबी छ । जस मध्ये पूर्व अर्थ सचिव डा. राजन खनाल र पुर्व सचिव सूर्य प्रसाद सिलवालको सम्भावना बलियो रहेको स्रोत बताउछ। अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्थाअनुसार खनालसँग राष्ट्र बैंकको संचालकको रुपमा ११ महिना काम गरिसकेको र उनको बोल्ड प्रशासकको पहिचान भएकाले अर्थले उनलाई पनि प्राथमिकतामा राखेको स्रोतको भनाई छ। 

डेपुटी गभर्नर शिवाकोटीसँगै खनाल पनि गभर्नरको दाबेदार मानीएका थिए। तर अन्तिम समयमा उनि यो दौडबाट बाहिरिएका थिए। बर्ष दिन अगाडी अर्थसचिवबाट अवकाश पाएका खनाल बित्त आयोगको सदस्य बन्ने समेत चर्चा थियो।  

यस अघि २०५९ सालमा सरकारले  पूर्व सचिव नारायण प्रसाद सिलवाललाई समितिको अध्यक्ष बनाएको थियो  । २०७३ पुस २३ गते अध्यक्ष बनेका चिरन्जीवी चापागाईंको ४ बर्षे कार्यकाल सकिएपछि गत पुस २२ देखि उक्त पद रिक्त छ। अर्थमन्त्रीले ३ नाम मन्त्रिपरिषदमा लैजाने र त्यसमध्येबाट अध्यक्षको नियुक्त हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved