महालक्ष्मी लाईफको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट’ कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:58:00 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न भएको छ । माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा शाखा उपशाखामा कार्यरत १८५ जना अभिकर्ताहरुको उपस्थिति थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले व्यवसायिक लक्ष्य हासिल गर्न सफल कसरी भइन्छ भन्ने बारेमा प्रेरणामुलक तालिम दिएका थिए । कार्यक्रममा सहभागि अभिकर्ताको तर्फबाट बासुदेव त्रिपाठी, विमल सापकोटा ज्ञवाली, सरस्वती पन्थी, कुमार बहादुर कार्कीले अनुभव सुनाएका थिए । कार्यक्रममा नियो डिजिटलले अभिकर्ताको लागि उपयोगि सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved