पोखरामा महालक्ष्मी लाइफको अर्धवार्षिक समिक्षा सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 02:55:21 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आव २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले पोखरामा माघ १५ र १६ गते सम्मलेन आयोजना गरेको हो ।

सम्मेलनको मुख्य उद्देश्य शाखार उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएको छ। सम्मेलनमा  देशै भरिका शाखा रउपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागिय प्रमुख समेतको सहभागिता रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो। पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागिय प्रमुख र क्षेत्रिय,उपक्षेत्रिय प्रमुखको समिक्षा बैठक भएको र सो बैठकमा अर्धवार्षिक व्यवसायको समिक्षा र आगामी रणनीति बारेमा विस्तृत छलफल भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए । 

 माघ १६ गते विभागिय प्रमुख, क्षेत्रिय, उपक्षेत्रिय प्रमुख र शाखार उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले  बीमा व्यवसायको कमी कमजोरी र शाखारउपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिका बारेमा तालिम प्रदान गरेको कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved