बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।अध्यक्षमा नियुक्त भएका सिलवाल नेपाल सरकारका पूर्व सचिव हुन् ।