बीमा समितिलाई लाइसेन्स बाँड्ने अखडा नबनाउँन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2021 | 02:46:16 PM मा प्रकाशित

laxmi  sunrise bank

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा समितिलाई नयाँ लाइसेन्स बाँड्ने अखडा नबनाउँन सुझाव दिएका छन्। समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालको स्वागत तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले यस्तो सुझाव दिएका हुन्। 

बीमा व्यवसायमा पछिल्लो समय बीमा अभिकर्ता मात्रै ५ लाख पुगिसकेको र अधिकांशले कुनै तालिम बीना नै लाइसेन्स पाएकोप्रति असन्तुष्टि जनाउदै उनले समितिलाई लाइसेन्स बाँड्ने अखडा नबनाउनलाई अध्यक्षलाई सुझाव दिए। 

बजारमा एक अभिकर्ताको भागमा ६० जना बिमित पर्ने बताउदै अध्यक्ष तिवारीले लाइसेन्स बाँड्ने अहिलेको शैली यथावत रहे नेपाली जनता भन्दा अभिकर्ता धेरै हुने चिन्ता व्यक्त गरे। अध्यक्ष तीवारीले निश्चीत मापदण्ड तोकेर मात्र अभिकर्ताको लाइसेन्स वितरण गर्नुपर्नेमा जोड दिए।

 ‘निश्चीत मापदण्ड पूरा नगरी अभिकर्ताको लाइसेन्स वितरण गर्ने हो भने जनताभन्दा अभिकर्ता धेरै हुने अवस्था आउँन सक्छ । बीमा समिति लाइसेन्स बाड्ने अखडा नहोस । अभिकर्ताको लाइसेन्स वितरण गर्नु अगाडी निश्चीत कोर्ष र मापदण्ड पूरा गरेकालाई मात्र लाइसेन्स दिउँ’, उनले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved