अजोड इन्स्योरेन्स Ajod Insurance Company ले रौतहटमा घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरेको छ । कम्पनीले यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयमा घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरेको हो ।
बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिए ।