महालक्ष्मी लाईफको २ वर्ष पुरा, वार्षिकोत्सवमा ल्यायो नयाँ योजना, ६० करोडको आईपिओ आउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 08:42:48 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७५ माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले कारोवार संचालनको दुई बर्ष पुरा गरेको छ । कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा/उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लंच, रू१६५करोड बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको जनाएको छ ।

स्थापनाको एक वर्ष पछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेतापनि आ.व २०७५-७६को पोलिशि बोनस न्यूनतम रू५०/- ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनमा नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्‍याउने लक्ष्य लिएर काम गर्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

कम्पनीले भनेको छ  'नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ  कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरू संग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धा बीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति थियो । अर्को तर्फ कोभिड-१९को कारण लामो समय सम्म नसोचेको कठिनाई भोग्नु पर्‍यो।त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयास अहिलेको सफलता प्राप्त भएको छ '  ।

कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य” पोलिशी संचालनमा ल्याएको छ । कम्पनीले आ.व. २०७६/७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६० करोडको शेयर (आईपिओ) सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया  शुरू गरेको पनि जानकारी गराएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved