
महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company को अध्यक्षमा मनोरञ्जन रमण शर्मा चयन भएका छन् । नव निर्वाचित संचालकहरुको फागुन ३ गते गते बसेको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
फागुन ३ गते नै सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो ।
अध्यक्ष शर्माले आजै बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम उनले सपथ लिएका हुन् ।