जीवन बीमा कम्पनीको लागि नयाँ निर्देशिका लागु, ६ महिनाभित्र वित्तीय विवरण बुझाउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 06:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले जीवन बीमा ब्यवसाय गर्ने बीमकहरुको लागि एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी गरेको छ। समितिले २०७७ साउन १ गतेदेखि नै लागु हुने गरि नयाँ निर्देशिका जारी गरेको हो

निर्देशिकामा हरेक जीवन बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र अघिल्लो आर्थिक वर्षको वित्तीय प्रतिवेदन स्वीकृतिको लागि बीमा समितिमा पठाउनु पर्ने उल्लेख छ । बीमा समितिले उक्त प्रतिवेदनलाई स्वीकृति प्रदान गर्नेछ वा शर्त सहित स्वीकृति प्रदान गर्ने सक्ने ब्यबस्था छ । यदि बीमा समितिले शर्त सहित विवरण स्वीकृत गरेमा थप केहि निर्देशन दिएमा कम्पनीले १ महिना भित्र बीमा समितिको निर्देशन अनुसार अर्को प्रतिवेदन बुझाउनु पर्ने छ

वित्तीय विवरणको साथ साथ कम्पनीले म्यानेजमेन्ट रिपोर्ट, फाइनान्सियल इन्डीकेटर, र डिटेल्स अफ इन्स्योर्ड एमाउन्ट सम्बन्धि विवरण पनि छुट्टाछुट्टै पेश गर्नु पर्ने छ । बीमा समितिले यी सबै विवरणको लागि ढाँचा समेत तयार पारेको छ यहाँ क्लिक गरेर निर्देशिका हेर्न सकिन्छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved